भारत जाँदा छोरा, फर्किंदा छोरी
कञ्चनपुर । भारत जाने, त्यहीं पढ्ने अनि केही कमाएर पठाउने । यही आसमा माल परिवारले ६ वर्षअघि छोरालाई बिदाइ गरेको थियो । जसै छोरा फर्किए, अहिले परिवारको होसहवास उडेको छ । गाउँले अचम्भित छन् । कृष्णपुर नगरपालिका–१, दोमिल्लाका सुरेन्द्र माल पहिलेजस्ता रहेनन । नाम फेरिएको छ– प्रियंका । हाउभाउ, चालचलन र पहिरन दुरुस्तै छोरी मान्छेको । लिंगसमेत काटिएको छ । कान्तिपुर दैनिकका अनुसार, […]