राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि विभिन्न मुलुकका गैरआवासीय राजदूतले सोमबार आआफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन । राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा चार मुलुकका राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । प्रमाणपत्र पेश गर्नेमा गैरआवासीय राजदूत नेपालका लागि गणतन्त्र युगाण्डाका दिनह ग्रच अकेलो, बोस्निया […]