काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) रमेश चन्द ठकुरी आत्मसमर्पण गर्ने बित्तिकै जेल चलान भएका छन् । सुडानको डार्फर मिसनमा बन्दोबस्तीका सामान खरिदमा भ्रष्टाचार गरेको आरोपमा यसअघि नै जेल सजाय सुनाइएका ठकुरी बिहीबार सर्वोच्च अदालत पुगेर आत्मसमर्पण गरेलगत्तै जेल चलान भएका हुन् । चन्दलाई डिल्लीबजार जेल चलान गरिएको छ ।
चन्द बिहीबार दिउँसो ४ बजे सर्वोच्च पुगेका थिए । दुई बर्ष अघि ०७४ वैशाख १६ गते तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले सुडानको डार्फर मिसनमा भएको भ्रष्टाचार प्रकरणमा तीन पूर्वआईजीपीसहित नौ जनालाई जेल सजायको फैसला सुनाएको थियो ।