भिटामिन सी र ‘एन्टी अक्सिडेन्ट्स’ ले भरपूर अमला स्वास्थ्य वर्धक एउटा फल हो । यसलाई जसरी खाएपनि हुन्छ र यसको प्रयोग गरे पनि हुन्छ । प्रायः अमला त्यतिकै खाने चलन छ भने कतिपयले यसलाई अचारको रुपमा पनि प्रयोग गर्छन । आयुर्वेदका अनुसार अमलाले शरीरको त्रि–दोष वायु, कफ र पित्तलाई सन्तुलन बनाएर राख्छ । आउनुहोस् हामी पनि जानीराखौं अमलाका पाँच चमत्कारिक फाइदाहरु जसले हामीलाई स्वस्थ्य रहन मद्दत गर्छ ।
१. आँखाको रोशनी बढाउँछ
बिभिन्न अध्ययन एवं शोधहरुपछि यो पत्ता लागेको छ कि अमलामा भिटामिन ए र ‘क्यारोटीन’ प्रचुर मात्रामा पाइन्छ । अमला नियमित खायो भने यसले आँखाको रोशनी बढाउँछ । जसले मोतीबिन्दु जस्ता समस्या आउन दिदैन । पढ्ने बेलामा आँखामा हुने दबाबलाई कम गर्छ भने रतन्धोको समस्या कम गर्छ ।
२. कपाल झर्नबाट बचाउँछ
अमला कपालको लागि एकदमै राम्रो मानिन्छ । यसलाई ‘हेयर टनिक’ पनि भनिन्छ । यसको प्रयोगले बेलैमा कपाल फुल्नबाट बचाउँछ । यसैगरी कपाल झर्न दिदैन । यसको नियमित प्रयोग गर्न सकिएमा कपाललाई बाक्लो बनाउन निकै प्रभावकारी हुन्छ ।
३. रुघाखोकीको अचुक औषधी
रुघा खोकी लागेको बेला अमला अचुक औषधी हो । यस्तो बेलामा अमलाको धूलोलाई महसँग मिलाएर दिनमा ३, ४ पटक खायो भने यसको असर तुरुन्तै देखिन्छ र रुघाखोकी कम हुन्छ ।
४. रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
अमलामा पाइने ‘एन्टी ब्याक्टेरियल र एन्ट्रिन्जेन्ट’ गुण हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन अहम हुन्छ ।
५. ब्लडप्रेसर, कोलस्ट्रोल र सुगरलाई नियन्त्रणमा राख्छ
ब्लडप्रेसर, कोलस्ट्रोल र सुगरका बिमारीलाई अमलाले धेरै फाइदा पुर्याउँछ । यसको नियमित सेवन गरिए यी तीनै रोग नियन्त्रणमा राख्छ । किन कि यसमा क्रोमियम तथा इन्सुलिन उत्पादन गर्ने क्षमता हुन्छ । क्रोमियम कोलस्ट्रोल कम गर्न असरदार मानिन्छ । अमलाको जुस नियमित सेवन गर्न सकिएमा ब्लड प्रेसर नियन्त्रण हुन्छ ।
स्रोत ः आयुर्वेद जर्नल