मानिसको जीवनलाई सुखी र सफल बनाउन पुराणहरुमा कैयौं नीतिहरु बताइएको छ । जसले यी नीतिहरुको पालन गर्दछन उनिहरुको जीवन सदा सुखी र शान्त रहेको पाइएको छ । १८ पुराणमध्ये गरुड पुराण एक हो । यस पुराणको आचार काण्डमा नीतिसार नामक एक अध्याय रहेको छ । यो अध्यायमा मानिसले के गर्नु हुन्छ र के गर्नु हुँदैन भनेर उल्लेख गरिएको छ । नीतिसारमा मानिसका ४ यस्ता बानीको बारेमा बताइएको छ जुन कुनै पनि व्यक्तिको जीवनमा दुःखको कारण बन्न सक्छ ।
१. नीतिसार अनुसार, बेद पुराण र शास्त्र सदैव पुजनीय रहेको छ । यसबाट हामीलाई ज्ञान प्राप्त हुन्छ । धर्म र अधर्मको जानकारी प्राप्त हुन्छ । यसकारण बेदको अपमान गर्नुलाई पाप कर्म मानिएको छ । यो कर्मबाट हामीले बच्नु पर्दछ ।
२. केही मानिस आफ्नो तारिफ आफै गर्न रुचाउँछन । यो बानीले मानिसलाई अहंकारी बनाई दिन्छ । यस्ता मानिसले आफुलाई श्रेष्ठ र अरुलाई तुच्छ ठान्दछन । अहंकारी व्यक्तिलाई जहिले पनि भ्रमपूर्ण मानसम्मान प्राप्त हुन्छ । कसैले पनि सच्चा मनले सम्मान गर्दैनन । अहंकार कै कारण रावण र दुर्याेधन मारीएका थिए ।
३. जो मानिस भगवान र धर्ममा आस्था राख्दैनन, माता पितको सम्मान गर्दैनन् उनिहरु सदैव दुःखी नै रहन्छन । यस्ता मानिसले जीवनमा कहिल्यै पनि सुख शान्ति प्राप्त गर्न सक्दैनन । यस्ता मानिसहरुको मन सदैव अशान्त रहन्छ ।
४. कसैको बारेमा नकारात्मक टिप्पणी वा कुरा गर्नु पनि मानिसको खराव बानी हो । कसैको अपमान वा नराम्रो गरी कुरा काट्नु पनि पाप कर्म मानिएको छ । यो बानीले गर्दा मानिस आफुले आफ्नै कमजोरी थाहा पाउँदैन र अरुको कमजोरी मात्र देख्न थाल्दछ । यदी मानिसले यो बानीलाई सुधार्दैन भने उसले जीवनमा कहिल्यै पनि सफलता प्राप्त गर्न सक्दैन ।