२०८१ मंसिर ७, शुक्रबार
  • Namaste Khabar २ वर्ष अगाडि

काठमाडौं । सत्तारूढ दल जनता समाजवादी पार्टी गठबन्धनबाट बाहिरिने भएको छ ।

आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि गठबन्धनमा सम्मानजनक सिट नपाएको भन्दै जसपाले गठबन्धन छोड्ने तयारी गरेको हो । आजमात्रै जसपाको कार्यकारिणी समितिको बैठकले सिट बाँडफाँट सन्तोषजनक नभएको निश्कर्ष निकालेको छ ।

जसपाले तालमेलको लागि एमालेसंग पनी  छलफल गर्ने जनाएको छ । बैठकपछि प्रवक्ता मनिष सुमनले जारी गरेको नोटमा भनिएको छ,”अतिरिक्त सम्भव भए सम्म विकल्पको रूपमा अन्य राजनीतिक दलहरूसंग पनि निर्वाचनमा सीटको तालमेल गर्न सकिने छ। सो पनि हुन नसकेको अवस्थामा जसपा नेपाल एक्लै निर्वाचनमा भाग लिने निर्णय गरिन्छ।”

प्रेस नोट
—————
जनता समाजवादी पाटिॅ- नेपाल, कायॅकारिणि समिती को आज २०७९ असोज १५ गते को बैठक द्घारा गरिएको निणॅय :-
हाम्रो पाटिॅको समेत सहभागितामा रहेको ५ दलीय गठवन्घनमा आगामी हुने संघीय संसद र प्रदेश सभा सदस्यको निवॉचनमा सिटको तालमेल को सम्वन्घमा भई रहेको सीट बांटफांड सम्बन्घी छलफलमा हाम्रो पाटिॅ को लागि संतोषजनक अवस्था नदेखिएको हुंदा यसका अतिरिक्त सम्भव भए सम्म विकल्प को रूपमा अन्य राजनीतिक दलहरू संग पनि निवॉचनमा सीटको तालमेल गनॅ सकिने छ। सो पनि हुन नसकेको अवस्थामा जसपा नेपाल एक्लै निवॉचनमा भाग लिने निणॅय गरिन्छ।
मनिष कुमार सुमन
प्रवक्ता, जसपा- नेपाल

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।