hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetdeneme bonusu veren sitelerhepbethepbet girissuperbetinbetparksüperbetinpadisahbet güncel girişsüperbetinsüperbetinsuperbetinsüperbetin girişjojobetbetparkholiganbet
२०८३ जेष्ठ १२, मङ्लबार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले विचार र इतिहासले आफ्नो समूह आधिकारिक एमाले भएको जिकिर गरेका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले विगतको कोअर्डिनेसन केन्द्र र नेकपा मालेको अधिकांश नेता आफूहरुतर्फ रहेको भन्दै आधिकारिकता दावी गरे ।

‘कब्जा गर्नु बेग्लै कुरा हो । विचार र इतिहासले निर्देशित गर्ने बेग्लै हो’ उनले भने, ‘हामी आधिकारिक हौं, विचारले, सिद्धान्तले र इतिहासले पनि यही भन्छ ।’ नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले कारबाही गर्दैमा नहुने पनि बताए । ‘केपी ओलीले फाले फालिने मान्छे हो ? उनले ल्याएर आएका हौं ?’ उनले भने ‘हामीले आन्दोलनको निर्माण गर्दै यो पार्टीलाई विशिष्ट ठाउँमा पुर्‍याएका हौं ।’

नेता नेपालले प्रधानमन्त्री ओलीले नवौं महाधिवेशनमा षड्यन्त्र गरेर जितेको आधारमा फूर्ति लगाइरहेको भन्दै भने ‘त्यो फूर्तिको काम छैन ।’पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित सबै कमिटीमा आफूहरुको बहुमत रहेको बताएका छन् । उनले पदाधिकारी, स्थायी कमिटी, पोलिट्ब्युरो र केन्द्रीय कमिटीमा बहुमत आफूहरुको रहेको तर अध्यक्ष केपी शर्मा ओलीले गुट भेला मात्र गरिरहेको बताएका छन् ।

‘संख्यात्मक कुरा गर्छ भने, संगठनको हिसाबले पनि हामी कमजोर छैनौं’ उनले भने । नवौं महाधिवेशनबाट निर्वाचित १५ पदाधिकारीमध्ये १० जना आफूहरुतर्फ र ५ जना अध्यक्ष ओलीको पक्षमा रहेको नेता नेपालले बताए ।

२२ स्थायी कमिटी सदस्य मध्ये आफूहरुतर्फ १२ र अध्यक्ष ओलीतर्फ १० जना, पोलिट्ब्युरो कमिटीका ४४ मध्ये आफूहरुतर्फ २४ र ओलीतर्फ २०, केन्द्रीय कमिटीमा ओलीतर्फ ९२ र आफूहरुतर्फ ९७ जना रहेको नेता नेपालले बताए

फेसबुक प्रतिक्रियाहरु