२०८१ फाल्गुन १५, बिहिबार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीको अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले षड्यन्त्रपूर्ण र प्रतिगामी गतिविधि रोक्न ‘प्रतिक्रान्तिकारीहरू’ को मुटु हल्लिने खालको आवेगमय आन्दोलन आबस्यक रहेको बताउनु भएको छ ।

ओलीले ‘शाकाहारी’ आन्दोलनलाई नगन्ने उल्लेख गर्दै प्रचण्डले भने, ‘हाम्रो आन्दोलन अलि आवेगमय हुनुपर्‍यो, अलि जुझारु, आक्रामक हुनुपर्‍यो । शाकाहारी जस्तो हुनु भएन । बाघ, सिंह गर्जे जस्तो हुनुपर्ने भयो । प्रतिक्रान्तिकारीहरूको मुटु हल्लिनुपर्‍यो ।’

प्रतिगमनलाई कुनै हालतमा सफल हुन नदिने उल्लेख गर्दै दाहालले कार्यकर्ताको रक्षाका लागि आन्दोलनको अग्रपंक्तिमा आफू हुने बताए । उनले कार्यकर्तालाई जोगाउन आफ्नो टाउको फुटाउन पनि तयार रहेको दाबी गरे । ‘माघ ९ गतेको प्रदर्शनमा हामी अग्रपंक्तिमा हुन्छौं । हिजो गिरिजाबाबु, माधव, झलनाथजीहरूले लाठी खाएजस्तै किन–किन मेरो टाउको चिलाएको हो कि के हो ? तपाईंहरू पछाडि, म अगाडि बस्छु । लाठी खान मन लागेको छ । म त्यो स्पिरिटमा छु,’ दाहालले भने, ‘यो प्रतिगमनलाई कुनै हालतमा सफल हुन दिइने छैन । हजारौं सहिद र योद्धाको सपना खेर जाने छैन ।’

फेसबुक प्रतिक्रियाहरु