काठमाडौं । सरकारले छोटो दुरीको सार्बजानिक यातायात संचालन गर्ने अनुमति दिएसंगै मयुर यातायातले आफ्नो सेवा संचालनमा ल्याएको छ ।
सरकारले तोकेको मापदण्डअनुसार मयूर यातायातले काठमाडौंमा यात्रु सेवा थालेको मयुर यातायात कम्पनीका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
मयुर यातायात त्यो हो जसले यातायात समितिहरुलाई कम्पनीमा बदल्ने सरकारको निर्णय भएका बेला, यातायात ब्याबसाहिले आन्दोलन गरिरहेकै बेला समितिको सिन्डिकेट तोड्दै गाडी चलाएको थियो । अहिले पनि ठूला कम्पनीहरुले विभिन्न शर्त तेर्स्याएर बस नचलाउने निर्णय गरेका बेल मयूरले सोमबारबाट ६ वटा बसमार्फत सेवा थालेको हो ।
योसंगै कम्पनीले काठमाडौं-धुलिखेल-पनौती रुटमा दुई वटा बस चलाएको छ भने रिंगरोडमा ४ वटा बस चलाउन थालेको छ । मयूरले सरकारले बनाएको मापदण्डअनुसार नै एक पंक्तिको एउटा सिटमा एक जना मात्रै राख्ने र ५० प्रतिशत बढी भाडा लिने गरी सेवा सुरु गरेको हो । बसमा मास्क अनिवार्य गरिएको छ ।
सरकारले गत असार २६ गतेदेखि जिल्ला र काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी खुला गरेको थियो । तर, नेपालयातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघले विभिन्न माग राख्दै सवारी चलाउन मानेका छैनन् ।