२०८२ फाल्गुन २८, बिहिबार
  • Namaste Khabar ६ वर्ष अगाडि

काठमान्डौ: सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचार कोषमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब कट्टा नगर्न निर्देशन दिएको  छ । प्रहरी प्रधान कार्यालयले केही दिनअघि अधिकृत तहदेखि माथिका प्रहरीको तीन देखि सात दिनसम्मको तलब कट्टा गरी कोषमा जम्मा गर्ने निर्णय गरेको भन्ने समाचार आएको थियो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले संकटको बेला फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब काटेर कोषमा राख्न नहुने  निर्णय गरेको हो । सोही निर्णय बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सम्बन्धित निकायलाई तलब कट्टा नगर्न पत्राचार गरिसकेको छ ।

प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले प्रहरीको तलब काट्ने निर्णय सरकारले यसअघि पनि नगरेको बताए ।

फेसबुक प्रतिक्रियाहरु