२०८१ पुस १०, बुधबार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौ । उद्योग तथा वाणिज्य मन्त्री मात्रिका यादवले सचिवहरुले गल्ती गर्दा सरकार विवादमा परेको बताएका छन् । उनले प्रधानमन्त्री कार्यालयका सचिव, वाणिज्य सचिव तथा कृषि सचिवको गल्ती गरेको बताए ।

मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले मन्त्रालयहरुका सचिवहरुले आफूलाई गुमराहमा राख्द गलत निर्णय गरेको बताए । उनले भने,‘सचिवहरु माथि भरपर्दा सरकार विवादमा पर्यो, मन्त्रीलाई गुमराहमा राख्न भएन। मन्त्रीसँग सबै फाइल हेर्ने समय हुँदैन।’

सचिवहरुका कारण गलत निर्णय लिन पुगेको बताउँदै त्यसको जिम्मेवारी आफूले लिने भन्दै त्यसका लागि उनले माफी समेत मागे । उनले भने,‘हामीसँग केन्द्रमा एउटा मात्रै ल्याब रहेछ । त्यसले दिएको रिपोर्ट पनि भरपर्दो रहेनछ । सचिवहरुलाई यो कुरा थाह थियो, थाह भएको कुरा त मन्त्रीलाई बताउनु पर्यो नि ।’

पत्रकार सम्मेलनमा सहभागी उद्योग सचिव यमकुमारी खतिवडाले पनि सचिवहरुले गल्ती गरेको स्वीकार्दै यसमा सबैभन्दा धेरै जिम्मेवारी कृषि सचिवको रहेको बताइन् । आफ्नो मन्त्रालयका वाणिज्य सचिवको बचाउ गर्दै उनले दोषको भारी कृषि र प्रधानमन्त्री कार्यालयका सचिवहरुको काँधमा हालेकी थिइन् ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।