हाम्रो बारेमा

Namaste Khabar is a top-rated online news information portal that delivers information about braking news, stock market, health, science, etc.

आईपीएल मुम्बई र चेन्‍नई चौथो पटक ओपनिङमा भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औं सिजन आजबाट युएईमा सुरु हुँदै छ। पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स र चेन्‍नई सुपर किङ्सबीच अबुधावीमा प्रतिष्पर्धा हुँदैछ। प्रतियोगिताको इतिहासमा यी दुई टिमबीच चौथो पटक ओपनिङ भिडन्त  हुन लागेको हो। दुई टिमबीच भएका अघिल्ला तीन ओपनिङ भिडन्तमा २ पटक मुम्बई र एक पटक चेन्‍नईले जित हासिल गरेका छन्।

५३ दिन चल्ने आईपिएल भिडन्तमा ८ टिमले समान १४-१४ खेल खेल्ने छन्। प्रतियोगितामा एक इलमिनेटर दुई क्वालिफायर र फाइनल गरी कुल ६० खेल हुने छन्। यी सबै भिडन्त दुबई (२४), अबु धाबी (२०) तथा शारजाह (१२) मा प्रतिष्पर्धा हुने छ। गत सँस्करणको फाइनलमा मुम्बईले चेन्‍नईलाई रोमाञ्चक रुपमा १ रनले पराजित गरेको थियो। तर युएईमा भने मुम्बईको इतिहास राम्रो छैन। लोकसभा चुनावका कारण २०१४ मा युएईमा आईपीएलका २० खेल भएका थिए। जहाँ मुम्बईले पाँच खेल खेल्दा सबैमा पराजित भएको थियो।

खेलमा चेन्‍नईका धोनी र मुम्बईका रोहित सर्वाधिक मँहगा खेलाडी हुन्। उनीहरुसँगै बढी अपेक्षा गरिएको छ। दुबैलाई आ-आफ्नो टिममा समान १५-१५ करोड मिलेको छ। त्यसपछि चेन्‍नईका सुरेश रैना र मुम्बईका हार्दिक पाण्डेयलाई समान ११-११ करोड दिएको छ। जबकी रैनाले खेल छाडिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *