सोमबारको सेयर बजार लगानी कर्ताको मनोबलनै डगमगाउने गरि

सोमबारको सेयर बजार लगानी कर्ताको मनोबलनै डगमगाउने गरि: लामो समयको लक डाउनपछि सोमबारबाट खुलेको सेयर बजारले अन्तिम समयमा आएर लगानीकर्तालाई थोरै भएपनि राहत दिएको छ । कारोबार खुलेको पहिलो ४० मिनेटमै ४% ले घटेर नकरात्मक सर्किट ब्रेक लागेको बजार त्यसपछि भने केही सम्हालिन पुग्यो ।

यसले कोरोना भाइरस संक्रमण तथा लक डाउन जारी रहँदा आम लगानीकर्ताको मनोविज्ञान सकारात्मक बन्न नसकेको अवस्थामा केही राहत दिएको हो । तथापि, विश्लेषकहरुले लगानीकर्तालाई नआत्तिन सुझाव दिइरहेका छन् । केही समयपछि बजारको पेनिक गति रोकिने अपेक्षा गरिएको छ । सेयर बजारमा लगानीकर्ताको मनोविज्ञान सबैभन्दा प्रमुख पक्ष हो ।

यस्तै, बजार लगातार घट्न थालेपछि लगानीकर्ताले सेयर विक्री गर्न छाडेर माग बढाउँदा बजारमा विस्तारै सुधार देखियो ।  यस्तो बेला आम लगानीकर्ताले मनोविज्ञान दह्रो बनाउन आवश्यक छ । पहिलो सर्किट ब्रेक लागेर पुनः सुचारु भएकोे सेयर बजारमा ४ कम्पनी नागरिक लगानी कोष, हिमालयन डिष्टिलरी र नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक तथा सर्वसाधारणको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सोमबार नेप्से सूचक १२.८७ अंकले घटेर ११८८.७० विन्दुमा आइपुगेको छ । कुल १०३ कम्पनीको ३४ करोड ७७ लाख भन्दा धेरैको सेयर कारोबार भएको छ । ९ लाख ७० हजार ७६ कित्ता सेयर खरिदबिक्री भएको हो । कारोबार भएका १२ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकीको घटेको छ । यस दिन व्यापार, उत्पादन तथा प्रशोधन, अन्य र जीवन बिमा  उपसमूहका परिसूचकहरु बढेका हुन् । सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक २३७.६२ अंकले बढेको छ ।

यता, वाणिज्य बैंक समूह पनि २५.२२ अंकले तल झरेको छ ।
कारोबार रकममा हिमालयन डिष्टिलरी अग्रस्थानमा छ । यसको ३ करोड ४३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । खरिदबिक्री रकममा दोस्रो र तेस्रो स्थानमा नेपाल लाइफ इन्सुरेन्स र एनआइसी एसिया बैंक परेका छन् । यसदिन सबैभन्दा बढी गुमाउनेमा स्वाबलम्बन लघुवित्त, नेपाल पुनर्बीमा कम्पनी र आशा लघुवित्त वित्तीय संस्था परेका छन् । यी ३ कम्पनीको भाउ १०% ले घटेको छ ।

साभार: नेपालिपैसा

Namastekhabar

Namaste Khabar is a top-rated online news information portal that delivers information about braking news, stock market, health, science, etc.

Leave a Reply

Your email address will not be published. Required fields are marked *