हाम्रो बारेमा

Namaste Khabar is a top-rated online news information portal that delivers information about braking news, stock market, health, science, etc.

सेयर धितो कर्जा सीमा ७५% पुर्याउन केन्द्रीय बैंकलाई सोबनको सुझाव

सेयर धितो कर्जा सीमा ७५% पुर्याउन केन्द्रीय बैंकलाई सोबनको सुझाव: सेयर धितोमा मार्जिन सीमा ७५% पुर्याउन पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले केन्द्रीय बैंकलाई आग्रह गरेको छ । लगानीकर्ताले लामो समयदेखि ब्रोकरमार्फत हुने मार्जिन कर्जाको सीमा बढाउन, सेयर धितो कर्जा स्वतः नवीकरण गरिनुपर्ने लगायतका माग राख्दै आएका छन् । आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव दिंदै धितोपत्र बोर्डले हाल कायम ६५% मार्जिन सीमालाई अब ७५% पुर्याउन माग गरेको हो । साथै, सिलिङ भित्रको सेयर धितो कर्जा स्वतःनवीकरण गरिदिने व्यवस्था मिलाउन पनि बोर्डले माग गरेको छ ।

त्यस्तै, विद्युतीय कारोबारमा १० लाख रुपैयाँको सीमा रहेको छ । जुन सीमा हटाउन राष्ट्र बैंकलाई सुझाव दिएको छ । ब्रोकरलाई ऋण प्रवाह गर्दा सर्वसाधारणलाई भन्दा कम ब्याजमा दिने व्यवस्था गर्न पनि सुझाव दिइएको छ ।

यो पनि पढ्नुहोस्

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ८१ लाख कट्यो: विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८१ लाख १३ हजार ६७९ पुगेको छ । पछिल्लो २४ घण्टामा १ लाख २० हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ४ लाख ३९ हजार ८५ पुगेको छ । हालसम्म ४२ लाख १३ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ लाख १८ हजार २८३ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या २१ लाख ८२ हजार ९५० पुगेको छ । अमेरिकामा ८ लाख ८९ हजार ८६६ जना उपचार गरेर निको भएका छन् ।

चीनमा पछिल्लो २४ घण्टामा ४० जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८३ हजार २२१ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा १७ हजार ५०२ जना संक्रमित हुँदा ९२५ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म ६ हजार २११ जना संक्रमति फेला पर्दा १ हजार ४१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । १९ जनाको भने मृत्यु भएको छ ।

इरानमा १ लाख ८९ हजार ८७६ जना संक्रमित हँदा ८ हजार ९५० जनाको मृत्यु भएको छ । जर्मनीमा १ लाख ८८ हजार ४४ जना संक्रमित हुँदा ८ हजार ८८५ जनाको मृत्यु भएको छ । टर्कीमा १ लाख ७९ हजार ८३१ संक्रमित हुँदा ४ हजार ८२५ को ज्यान गएको छ । फ्रान्समा संक्रमित १ लाख ५७ हजार ३७२ हुँदा २९ हजार ४३६ जनाको मृत्यु भएको छ । पाकिस्तानमा १ लाख ४४ हजार ४७८ संक्रमित हुँदा २ हजार ७२९ जनाको ज्यान गएको छ । बंगलादेशमा हालसम्म ९० हजार ६१९ संक्रमित हुँदा १ हजार २०९ को मृत्यु भएको छ ।

ब्राजिलमा हालसम्म ८ लाख ९१ हजार ५५६ जना संक्रमित हुँदा ४४ हजार ११८ जनाको मृत्यु भएको छ । रुसमा ५ लाख ३७ हजार २१० संक्रमित हुँदा ७ हजार ९१ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म ३ लाख ४३ हजार २६ संक्रमित हुँदा ९ हजार ९१५ जनाको मृत्यु भएको छ । यता बेलायतमा हालसम्म ४१ हजार ७३६ जनाको मृत्यु भएको छ भने २ लाख ९६ हजार ८५७ जना संक्रमित रहेका छन् । स्पेनमा संक्रमितको संख्या २ लाख ९१ हजार १८९ पुगेको छ भने २७ हजार १३६ जनाको मृत्यु भएको छ । पछिल्लो हप्ता स्पेनमा कोरोना भाइरसबाट कसैको पनि मृत्यु भएको छैन । यता, इटालीमा संक्रमितको संख्या २ लाख ३७ हजार २९० पुग्दा ३४ हजार ३७१ जनाको मृत्यु भएको छ । पेरुमा २ लाख ३२ हजार ९९२ जना संक्रमित हुँदा ६ हजार ८६० जनाको मृत्यु भएको छ ।

साभार: नेपालिपैसा

Leave a Reply

Your email address will not be published. Required fields are marked *