एनएलजी इन्सुरेन्सको ६०% हकप्रद आजबाट बिक्री खुला

एनएलजी इन्सुरेन्सको ६०% हकप्रद आजबाट बिक्री खुला: एनएलजी इन्सुरेन्सको यसअघि स्थगित हकप्रद सेयर आज मंगलबार (असार ९ गते) बाट बिक्री खुला भएको छ । कोरोना संक्रमण चुलिएपछि बीचैमा चैत ११ गतेदेखि बिक्री कार्य स्थगन गरिएको थियो । सोही स्थगित हकप्रदलाई पुनः निष्कासन खुला गरिएको हो । यस हकप्रद सेयरमा अब असार २५ गतेसम्म आवेदन दिन सकिनेछ । यसअघि यस इन्सुरेन्सले फागुन २२ गतेबाट चैत २७ गतेसम्म ६०% हकप्रद सेयर खुला गरेको थियो ।
हाल यसको चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजार २५० रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट हकप्रद सेयर निष्कासन गरेको हो । हकप्रदपछि पुँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँ पुग्नेछ । सी–अस्वामार्फत आवेदन दिन सकिनेछ । एनएलजीको हकप्रदलाई इक्रा नेपालले औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको छ ।

माघ २६ गतेसम्म कायम सेयरधनीले यसमा आवेदन दिन सक्नेछन् । लगानीकर्ताले बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल नयाँ बानेश्वर, एनएलजी इन्सुरेन्सको केन्द्रीय कार्यालय र शाखा कार्यलयबाट आवेदन दिन सक्नेछन् । यसैगरी, लक्ष्मी बैंकको उपत्यका भित्रका शाखाहरु न्यूरोड, कंलकीबाट आवेदन दिन सकिनेछ । उपत्यका बाहिर लक्ष्मी बैंकको नारायणगढ, धनगढी, जनकपुर, इटहरी, दमक, धरान, घोराही, बनेपा, हेटौंडाबाट आवेदन दिन पाइनेछ ।

साभार: नेपालिपैसा

Namastekhabar

Namaste Khabar is a top-rated online news information portal that delivers information about braking news, stock market, health, science, etc.

Leave a Reply

Your email address will not be published. Required fields are marked *