हाम्रो बारेमा

Namaste Khabar is a top-rated online news information portal that delivers information about braking news, stock market, health, science, etc.

एनआईसी एशिया लघुवित्तको आईपीओ असार १० गते निष्कासन सुरु

एनआईसी एशिया लघुवित्तको आईपीओ असार १० गते निष्कासन सुरु: एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाकोे आईपीओ असार १० गतेदेखि निष्कासन हुने भएको छ । विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहको छ । कम्पनीले ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

जसमध्ये कम्पनीले ७४ हजार कित्ता कर्मचारीहरुको लागि, २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ४४ लाख ४३ हजार २०० कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।  हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४५ लाख रहेको छ । आईपीओ निष्कासन बाँडफाँट पश्चात उक्त पूँजी रू. १ अर्ब ४८ करोड पुग्नेछ ।

आईपीओ निष्कासन बन्द मिति छिटोमा असार १४ र ढिलोमा असार २४ गतेसम्म रहेको छ । यस आईपीओमा आवेदकले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । साथै आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यलयहरुबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले हालसम्ममा ७० ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. ११ करोड १२ लाख नाफा कमाएको छ । सोही अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ११० दशमलव ४३ पुगेको छ । कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

यो पनि पढ्नुहोस्

जोरपाटीगोकर्णसुन्दरीजल सडक विस्तार शुरू: जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तारको काम शुरू भएको छ । गत आर्थिक वर्षमै सक्ने गरी विसं २०७२ मै ठेक्का भएको सात किमी सडक पाँच वर्षदेखि अलपत्र छ । सडकको दायाँबायाँ घर भएका स्थानीयवासीले मुआब्जा नदिई काम अघि बढाउन नदिने भनी विरोध गरेपछि विस्तार हुन सकेको थिएन ।

जेठ पहिलो साता नगरपालिका–४ र ७ मा गरी दुईजना सङ्क्रमित भएपछि दुवै वडा सिल गरिएको थियो । संक्रमितसँग सम्पर्कमा आएका र परिवारका सदस्यलाई पनि आरडीटी एवं पीसीआर विधिबाट परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि सडकको अघि बढेको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले बताए ।

केन्द्रविन्दुबाट दायाँबायाँ ११÷११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले गरेको थियो । ७ किमीको दूरीमा पर्ने करीब ९०० घरका धनीले ठेक्का अनुसार विस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि घर भएको स्थानमा केन्द्रविन्दुबाट दायाँबायाँ ७÷७ मिटर विस्तार गर्ने, सार्वजनिक जग्गा बन्दाबन्दीका क्रममा सडकमा पर्ने रूख हटाए पनि विद्युत्को पोल, तार लगायत संरचना हटेको छैन । सडकको काम नसकिँदा यस वर्ष पनि वर्षाद्का समयमा हिलो र हिउँदमा धूलोमा यात्रा गर्न बाध्य छन् ।

भएका स्थानमा भने ११÷११ मिटर नै विस्तार गर्ने सहमति भएको नगरपालिकाका प्रवक्ता ढुंगानाले जानकारी दिए । सहमतिसँगै चालु आर्थिक वर्षको अन्त्यसम्म काम सक्नेगरी म्याद थपिएको थियो । रू. ५८ करोड लागतमा भइरहेको काम असार मसान्तसम्म नसकिने निश्चित भएको विस्तार आयोजना प्रमुख गुरुप्रसाद अधिकारीले बताए ।

साभार: अभियानदेली

Leave a Reply

Your email address will not be published. Required fields are marked *