नेप्सेमा सकारात्मक सर्किट ४% ले बढेपछि २० मिनेट कारोबार स्थगित

नेप्सेमा सकारात्मक सर्किट  ४% ले बढेपछि २० मिनेट कारोबार स्थगित:

सेयर बजारमा सकारात्मक सर्किट लागेको छ । बजार खुलेको ४८ मिनेटमै नेप्से ४% ले बढेपछि नेप्सेले सर्किट ब्रेकर लागेर २० मिनेटका लागि कारोबार रोकेको हो । बजार खुलेको १ घन्टाभित्रै ४% ले घटेमा वा बढेमा सर्किट ब्रेकर लागेर २० मिनेट कारोबार रोक्ने चलन छ । सोही अनुसार कारोबार रोकिएको हो ।

नेपालिपैसा

यो पनि पढ्नुहोस्

मुक्तिनाथ विकास बैंकका हितग्राहीलाई डिम्याट खाता नविकरण गर्न अनुरोध: मुक्तिनाथ विकास बैंकले हितग्राहीलाई डिम्याट खाता नविकरण गर्न अनुरोध गरेको छ । हितग्राही धारकले वार्षिक नविकरण शुल्क ई– सेवा, खल्ती, कनेक्ट आईपीएस तथा आइएमई–पे मार्फत भुक्तानी गर्न सक्नेछन् ।

उक्त कम्पनीले आव २०७६/ ७७ सम्मको डिम्याट खाता सञ्चालन गरे बापतको वार्षिक शुल्क रू. १०० भुक्तानी गर्न अनुरोध गरेको छ । सम्पूर्ण हितग्राहीहरुले असार मसान्तभित्रमा उक्त कम्पनीको मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक र लुम्बिनी विकास बैंकका शाखा कार्यालयहरुबाट भुक्तानी गर्न सक्नेछन् ।

तोकिएको समयमा वार्षिक शुल्क भुक्तानी नगरेमा डिम्याट खाता रोक्का गर्ने कम्पनीले जानकारी दिएको छ । साथै मेरोशेयर सेवा लिएका हितग्राहीले पनि सञ्चालनमा आएको एक वर्षभित्र नविकरण गरिसक्न र सो समय भित्र नविकरण नगरेमा सेवा बन्द हुने भएकाले मेरोशेयरको पनि वार्षिक सेवा शुल्कसमेत नविकरण गर्न भनिएको छ ।

साभार: अभियानदेली

Namastekhabar

Namaste Khabar is a top-rated online news information portal that delivers information about braking news, stock market, health, science, etc.

Leave a Reply

Your email address will not be published. Required fields are marked *