नेपालमा कोरोनाबाट मृतकको संख्या २८ पुग्यो,संक्रमित संख्या १२ हजार ३०९

नेपालमा कोरोनाबाट मृतकको संख्या २८ पुग्यो,संक्रमित संख्या १२ हजार ३०९: नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ।  योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु  हुनेको संख्या २८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।

प्रवक्ता गौतमका अनुसार कैलालीको लालगढ नगरपालिका–७ गोदावरीका ५० वर्षीय पुरुषको भरतपुर अस्पतालको आइसोलेसनमा उपचारका क्रममा आज बिहान मृत्यु भएको बताए । ती पुरुष  क्यान्सरका उपचारका सिलसिलामा भारतबाट फर्किएका थिए । उनको स्वास्थ्यमा समस्या आएपछि असार १० गते चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो ।

उपचारका क्रममा उनको स्वाब परीक्षण गरिएको थियो । भरतपुर कोभिड–१९ प्रयोगशालाले उनलाई कोरोना सङ्क्रमण पुष्टि गरेको थियो । कोरोना पुष्टि गरेसँगै भरतपुर अस्पताल रिफर गरिएको थियो ।

यो पनि पढ्नुहोस्

नेपालमा शनिवार थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

नेपालमा कोरोनाबाट मृतकको संख्या २८ पुग्यो,संक्रमित संख्या १२ हजार ३०९

१२० जना महिला र ४३४ जना पुरुषमा कोरोना संक्रमण फेला परेको पनि मन्त्रालयले बताएको छ । शनिवार मात्रै देशका विभिन्न भागमा रहेका अस्पताल तथा आईसोलेशन सेन्टरबाट ११ महिला ११८ जना पुरुष डिस्चार्ज भएका छन् ।  योसँगै नेपालका सवै जिल्लामा कोरोना संक्रमण फैलिएको पत्रकार सम्मेलनमा उलने बताए ।

साभार: अभियानदेली

Namastekhabar

Namaste Khabar is a top-rated online news information portal that delivers information about braking news, stock market, health, science, etc.

Leave a Reply

Your email address will not be published. Required fields are marked *