नेपालमा कोरोनाबाट २९ को मृत्यु संक्रमितको संख्या १३ हजार २४८ पुग्यो

नेपालमा कोरोनाबाट २९ को मृत्यु संक्रमितको संख्या १३ हजार २४८ पुग्यो: नेपालमा सोमवार थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । साथै मृत्युहुनेको संख्या २९ पुगेको छ |

रौतहटका एक जनाको कोरोनाका कारण मृत्यु पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए  । रौतहटका २९ वर्षीय पुरूषको ललितपुरस्थित स्टार अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको मृत्युपछि कोरोना पुष्टि भएको हो।

यो पनि पढ्नुहोस्

भीमेश्वर नगरपालिकाको बजेट करीब ८७ करोड: भीमेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि करीब रू. ८७ करोडको बजेट प्रस्तुत गरेको छ । नगरको सातौं नगरसभामा बुधवार उपप्रमुख कमला बस्नेतले रू. ८६ करोड ७३ लाख ४८ हजारको बजेट सार्वजनिक गरिन् । चालूतर्फ रू. ८ करोड ५० लाख, पूँजीगततर्फ रू. ७८ करोड ८ लाख ४८ हजार र वित्त व्यवस्थापनतर्फ रू. १५ लाख विनियोजन गरिएको हो ।

यसैगरी रू. २ करोड ५० लाख आन्तरिक स्रोतबाट आम्दानी हुने नगरको अनुमान छ । बुधवार नगरसभामा प्रस्तुत बजेटमा गत आवमा खर्च हुन नसकी चालू आवसम्म डम्प भइरहेको रू. ७ करोड ९८ लाख ६ हजार ६५० पनि समावेश गरिएको छ । अनुमानित आयव्यय विवरणमा रू. १५ लाख रूपैयाँ न्यून हुने नगरपालिकाको अनुमान छ ।

क्षेत्रगत रूपमा आर्थिक विकासमा रू. १० करोड ४५ लाख, समाजिक विकासमा रू. ३३ करोड ६१ लाख ३३ हजार, पूर्वाधार विकासमा रू. ३२ करोड १७ लाख ५ हजार विनियोजन गरिएको छ । यसैगरी वन, वातावरण र विपद् व्यवस्थापनमा रू. १ करोड २ लाख ५० हजार र सुशासन तथा संस्थागत विकास (कार्य सञ्चालन तथा प्रशासनिक खर्च समेत) मा रू. ९ करोड ४७ लाख ५५ हजार विनियोजन गरिएको भीमेश्वर नगरपालिकाकी उप्रमुख कमला बस्नेतले बताइन् ।

संघीय सरकारबाट प्राप्त हुने रू. ५६ करोड ५७ लाख, बागमती प्रदेश सरकारबाट प्राप्त हुने रू. ८ करोड ६९ हजार, संघीय राजश्व बाँडफाँडबाट प्राप्त हुने रू. ८ करोड ४३ लाख १९ हजार ३५० तथा बागमती प्रदेश राजश्व बाँडफाँडबाट प्राप्त हुने रू. ३ करोड २४ लाख ५३ हजारसमेतलाई समेटेर बजेटमा निर्माण गरिएको नगरपालिकाले बताएको छ ।

साभार: अभियानदेली

Namastekhabar

Namaste Khabar is a top-rated online news information portal that delivers information about braking news, stock market, health, science, etc.

Leave a Reply

Your email address will not be published. Required fields are marked *