नेपाल फाइनान्सले हकप्रद शेयर निष्कासन गर्न सेबोनमा दियो निवेदन

नेपाल फाइनान्सले हकप्रद शेयर निष्कासन गर्न सेबोनमा दियो निवेदन: नेपाल फाइनान्स कम्पनीले हकप्रद शेयर निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ । विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले १ : १.२५ अनुपातमा १६ लाख ९७ हजार ५०६ दशमलव २५ कित्ता हकप्रद शेयर निष्कासन गर्न गत फागुन २९ गते निवेदन दिएको हो । उक्त कम्पनीले चालू आवको तेस्रो त्रैमासमा रू. ७० लाख ६१ हजार नाफा कमाएको छ । यो नाफा गत आवको यसै अवधिमा रू. ४ करोड ६५ लाख थियो । उक्त कम्पनीको चुक्तापूँजी रू. २२ करोड ७ लाख छ ।  कप्रद शेयर निष्कासन बाँडफाँट पश्चात कम्पनीको पूँजी रू. ३९ करोड ४ लाख पुग्नेछ ।

यो पनि पढ्नुहोस्

यस वर्ष थप ५ करोड मानिस चरम गरीबीमा धकेलिने : कोरोना भाइरसको महामारीका कारण यस वर्ष करीब ५ करोड मानिस चरम गरीबीको रेखामुनि आउने बताइएको छ ।

यस वर्षको कोभिड–१९ संकटका कारण झण्डै ४ करोड ९० लाख मानिस चरम गरिबीमा धकेलिनेछन्,’ उनले भने । खान नपाउने मानिसको संख्या तीव्र गतिमा बढिरहेको र विश्वको जीडीपीमा हरेक एक आधार बिन्दुमा आउने कमीले अतिरिक्त ७ लाख बालबालिकाहरु खाद्यान्न अभाव र कुपोषणको शिकार हुने समेत उनले बताए ।

संयुक्त राष्ट्र संघका प्रमुख एन्टोनियो गुटेर्रेसले यस्तो चेतावनी दिएका हुन् । उनका अनुसार यस वर्ष थप ४ करोड ९० लाख मानिस चरम गरीबीको रेखामुनि धकेलिनेछन् । विश्वको कुल गाहस्थ्य उत्पादन (जीडीपी)मा आउने हरेक आधार विन्दुको कमीको अर्थ अतिरिक्त दशौं हजार मानिसहरु पछाडि पर्ने समेत उनले बताएका छन् । तत्कालै उपयुक्त कदम चालिएन भने विश्वमा खाद्य आपतकाल आउने सम्भावना स्पष्ट रुपमा बढ्दै गएको र यसले करोडौं बालबालिका र वयस्क प्रभावित हुने समेत बताइएको छ ।

‘संसारमा ७ अर्ब ८० करोड जनसंख्यालाई खान पुग्ने भन्दा धेरै खाद्यान्न छ । तर अहिले ८२ करोड भन्दा धेरै मानिसहरु भोका छन् । विश्वभर हरेक ५ मा १ जना भन्दा धेरै ५ वर्षभन्दा मुनिका अर्थात् १४ करोड ४० लाख बालबालिकाहरु कुपोषित छन् । हाम्रो खाद्य प्रणाली असफल भइरहेको छ, र कोभिड–१९ को महामारीले अवस्था झनै खराब बनाइरहेको छ,’ खाद्य सुरक्षा सम्बन्धी नयाँ नीतिबारे जानकारी दिन आयोजित कार्यक्रममा गुटेर्रेसले भने । पर्याप्त खाद्यान्न भएकै देशमा समेत खाद्य आपूर्ति शृङ्खलामा अवरोध उत्पन्न हुने जोखिम रहेको गुटेर्रेसले चेतावनी दिएका छन् ।

साभार: अभियानदेली

Namastekhabar

Namaste Khabar is a top-rated online news information portal that delivers information about braking news, stock market, health, science, etc.

Leave a Reply

Your email address will not be published. Required fields are marked *