नाडेप लघुवित्तद्वारा १० % बोनस शेयर वितरण गर्ने मुख्य प्रस्ताव

नाडेप लघुवित्तद्वारा १० %  बोनस शेयर वितरण गर्ने मुख्य प्रस्ताव: नाडेप लघुवित्त वित्तीय संस्थाले आव २०७५/ ७६ को मुनाफाबाट  शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र  रू. १९ लाख ३६ हजार ८४२ नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव नेपाल राष्ट्र स्वीकृती पाएछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । हाल कम्पनीको चुक्ता पूँजी रू. ३६ करोड ३८ लाख रहेको छ । १० प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको पूँजी रू. ४० करोड ४८ लाख पुग्नेछ । उक्त कम्पनीको असार ११ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो पनि पढ्नुहोस्

जेठ मसान्तमा लक्ष्मी इक्विटी फण्डको प्रतिइकाई खुद मूल्यमा बृदी : लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्डको प्रतिइकाइ खुद मूल्य जेठ मसान्तसम्ममा रू. ९ दशमलव ३० रहेको छ । यो मूल्य वैशाख मसान्तसम्ममा रू. ९ दशमलव २२ थियो । जेठ मसान्तसम्ममा उक्त योजना रू. १७ करोड ५० लाखमा घाटामा रहेको छ । वैशाख मसान्तमा पनि रू. १८ करोड ४७ लाख घाटामा रहेको थियो ।

उक्त योजनाले जेठ मसान्तसम्ममा  सूचीकृत धितोपत्र, सार्वजानिक निष्कासन ऋणपत्र र बोण्डमा गरेर कुल लगानी रू. ९३ करोड ५२ लाख गरेकोमा यसको बजार मूल्य रू. ७३ करोड ५ लाख रहेको छ ।  जेठ मसान्त सम्ममा उक्त योजनाको लगानीको लागत मूल्यभन्दा बजार मूल्य कमि छ ।

साभार: अभियानदेली

Namastekhabar

Namaste Khabar is a top-rated online news information portal that delivers information about braking news, stock market, health, science, etc.

Leave a Reply

Your email address will not be published. Required fields are marked *