नबिल म्युचुअल फण्डका दुई ओटा योजनामा बृदी

नबिल म्युचुअल फण्डका दुई ओटा योजनामा बृदी: नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई ओटा योजनाले जेठ मसान्तसम्ममा नाफामा वृद्धि गरेका छन् । नबिल इक्विटी फण्डले वैशाख मसान्तसम्ममा रू. ९ करोड ९ लाख नाफा कमाएकोमा जेठ मसान्तसम्ममा वृद्धि भएर रू. ९ करोड ७० लाख पुरयाएको छ ।

त्यसैगरी नबिल ब्यालेन्स फण्ड २ र नबिल इक्विटी फण्डको नाफा बढेको हो । नबिल ब्यालेन्स फण्ड -२ ले जेठ मसान्तसम्ममा रू. ५ करोड ४३ लाख नाफा कमाएको हो । वैशाख मसान्तसम्ममा उक्त योजनाले रू. ५ करोड ३ लाख नाफा कमाएको थियो ।

नाफा बढेसँगै दुवै योजनाको प्रतिइकाई खुद सम्पत्तिको मूल्य पनि बढेको छ । नबिल इक्विटी फण्डको वैशाख मसान्तमा प्रतिइकाई खुद सम्पत्तिको मूल्य रू. ९ दशमलव ७५ रहेकोमा जेठ मसान्तमा रू. ९ दशमलव ७९ पुगेको छ । जेठ मसान्त सम्ममा नबिल ब्यालेन्स फण्ड २ को सुचीकृत र सूचीकृत नभएका शेयर र मुद्दति निक्षेपमा गरेर कुल लगानी रू. ६१ करोड १६ लाख रहेको छ । वैशाख मसान्तसम्ममा लगानी रू. ६० करोड ७८ लाख थियो ।

त्यसैगरी नबिल इक्विटी फण्डको जेठ मसान्तसम्ममा सूचीकृत तथा सूचीकृत नभएका धितोपत्रमा लागनी रू. ७७ करोड ३७ लाख छ । यो लागानी वैशाख मसान्तमा रू. ७८ करोड ७७ लाख थियो । त्यसैगरी नबिल ब्यालेन्स फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य जेठ मसान्तसम्ममा रू. १० दशमलव ५३ पुगेको छ । यो मूल्य बैशाख मसान्तमा रू. १० दशमलव ४९ थियो ।

साभार: अभियानदेली

Namastekhabar

Namaste Khabar is a top-rated online news information portal that delivers information about braking news, stock market, health, science, etc.

Leave a Reply

Your email address will not be published. Required fields are marked *