जनउत्थान लघुवित्तको यहि २७ मा हुँदै २००% हकप्रद मुख्य प्रस्ताव

जनउत्थान लघुवित्तको यहि २७ मा हुँदै २००% हकप्रद मुख्य प्रस्ताव: जनउत्थान सामुदायिक लघुवित्तले कोरोना भाइरसका कारण रोकिएको नवौं वार्षिक साधारण सभा असार २७ गते डाकेको छ । यसअघि चैत २७ गते बोलाइएको साधारण सभा कोरोनाका कारण स्थगित गरिएको थियो । सभा, होटल न्यु ईरा, बुटवलमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले २६.३२% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट २५% बोनस सेयर र कर प्रयोजन सहित १.३२% नगद लाभांश दिन लागेको हो ।

आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि जनउत्थानले चैत १४ गते एक दिन बुक क्लोज गरीसकेको छ । चैत १३ गतेसम्म कायम सेयरधनी  प्रस्तावित लाभांशको हकदार हुनेछन् ।

यस्तै, बोनस सेयर वितरणपछि कायम हुने पुँजीबाट २००% हकप्रद ल्याउने एजेन्डा पनि छ । कम्पनीको अधिकृत पुँजी १० करोडबाट बढाएर ५० करोड रुपैयाँ पुर्याउने र नयाँ सञ्चालन समिति गठन गर्ने सम्बन्धमा छलफल गर्ने एजेन्डा पनि छ । कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । यस्तै, अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ ।

यो पनि पढ्नुहोस्

आज सोमबार अमेरिकी डलरको भाउ कति ?: केन्द्रीय बैंकले सोमबार एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ७४ पैसा र बिक्रीदर १२१ रुपैयाँ ३४ कायम गरेको छ । अमेरिकी डलरको तुलनामा भारतीय मुद्राको विनिमय दर कमजोर बनेको छ । नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर रहेकाले भारु अवमूल्यन हुँदा नेपाली रुपैयाँको सटहीदर पनि कमजोर देखिएको हो पछिल्ला दिनहरुमा डलरको भाउ उच्चविन्दुमा अडिइरहेको छ ।

साभार: नेपालिपैसा

Namastekhabar

Namaste Khabar is a top-rated online news information portal that delivers information about braking news, stock market, health, science, etc.

Leave a Reply

Your email address will not be published. Required fields are marked *