एभरेष्ट इन्सुरेन्सले आह्वान गर्यो साउन ६ मा एजीएम

एभरेष्ट इन्सुरेन्सले आह्वान गर्यो साउन ६ मा एजीएम: एभरेष्ट इन्सुरेन्सले २५औं वार्षिक साधारण सभा साउन ६ गते डाकेको छ । सेयरधनीले भिडियो कन्फरेन्स मार्फत पनि धारणा राख्न सक्नेछन् । यसका लागि सभा हुनु भन्दा २ दिनअघि नै कम्पनीमा आफ्नो नाम टिपाउनुपर्नेछ । सभा अग्रवाल भवन कमल पोखरीमा दिउँसो २ बजेदेखि सुरु हुनेछ । साधारण सभा प्रयोजनका लागि एभरेष्टले असार २५ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

साधारण सभामा कोरोनालाई मध्यनजर गर्दै कम्तीमा १ मिटरको सामाजिक दूरी हुने गरी हाजिरी तथा सभा स्थलमा बस्ने व्यवस्था गरिएको कम्पनीको भनाई छ । न्यूनतम सुरक्षाका उपाय अपनाएर सहभागी हुन पनि सेयरधनीलाई कम्पनीले आग्रह गरेको छ । भिडियो कन्फरेन्समार्फत पनि सभामा सहभागी हुन सकिनेछ । एभरेष्ट इन्सुरेन्सले गत वर्षको नाफाबाट लगानीकर्तालाई कुनै पनि लाभांश भने वितरण नगर्ने भएको छ । यसर्थ, यसपटक सेयरधनीको हात खाली रहनेछ ।

यो पनि पढ्नुहोस्

देव र कुमारीको असार २८ बाट एकीकृत कारोबार सुरु हुने: कुमारी बैंकले देवः विकास बैंकलाई एक्वायर गरेर असार २८ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १० गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १४ गते अन्तिम स्वीकृति दिइसकेका छन् ।

सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः०.८६ सेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिएको छ । यसर्थ, देवःको १०० सय कित्ता सेयर हुनेले अब कुमारीको नाममा ८६ कित्ता सेयर पाउनेछन् । दुवै एक भएपछि अब कुमारी बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । दुवै बैंकको जेठ १९ गते सम्पन्न साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

देवः एक्वायरपछि कुमारीको चुक्ता पुँजी १२ अर्ब ५० करोड भन्दा बढी हुनेछ । बैंकको निक्षेप १ खर्ब २० अर्ब र कर्जा १ खर्ब ५ अर्ब हुनेछ । एक्विजिसन प्रक्रियाका कारण देवःको   गत असोज ९ गतेबाट सेयर कारोबार रोक्का छ ।

साभार: नेपालिपैसा

Namastekhabar

Namaste Khabar is a top-rated online news information portal that delivers information about braking news, stock market, health, science, etc.

Leave a Reply

Your email address will not be published. Required fields are marked *