कोरोना संक्रमित संख्या १ करोड नजिक निको हुने संख्या पनि बढ्दै

कोरोना संक्रमित संख्या १ करोड नजिक निको हुने संख्या पनि बढ्दै: विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९९ लाख ६ हजार ७५६ पुगेको छ । पछिल्लो २४ घण्टामा १ लाख ९२ हजार नयाँ संक्रमित थप भएका छन् । यस्तै, ५३ लाख ५७ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म मृत्यु हुनेको संख्या ४ लाख ९६ हजार ९१५ पुगेको छ ।

अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ लाख २७ हजार ६४० जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या २५ लाख ५२ हजार ९५६ पुगेको छ । अमेरिकामा १० लाख ६८ हजार ७०३ जना उपचार गरेर डिस्चार्ज भएका छन् । भारतमा पनि संक्रमणको दर उच्च रुपमा बढिरहेको छ । पछिल्लोे २४ घण्टामा मात्रै यहाँ १८ हजार नयाँ संक्रमित थप भएका छन् । योसँगै भारतामा हालसम्म ५ लाख ९ हजार संक्रमित हुँदा १५ हजार ६८९ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ४३ हजार ४१४ जनाको मृत्यु भएको छ भने ३ लाख ९ हजार ३६० जना संक्रमित रहेका छन् ।

चीनमा पछिल्लो २४ घण्टामा २१ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८३ हजार ४८३ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा १८ हजार १९७ जना संक्रमित हुँदा ९६९ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म ११ हजार ७५५ जना संक्रमति फेला पर्दा २ हजार ६९८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । २७ जनाको भने मृत्यु भएको छ ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा ४० हजारभन्दा धेरै संक्रमित फेला पर्दा करिब १ हजार जनको मृत्यु भएको छ । योसँगै ब्राजिलमा हालसम्म १२ लाख ८० हजार ५४ जना संक्रमित हुँदा ५६ हजार १०९ जनाको मृत्यु भएको छ । रुसमा ६ लाख २० हजार ७९४ संक्रमित हुँदा ८ हजार ७८१ जनाको मृत्यु भएको छ पाकिस्तानमा १ लाख ९५ हजार ७४५ संक्रमित हुँदा ३ हजार ९६२ जनाको ज्यान गएको छ । जर्मनीमा १ लाख ९४ हजार ३९९ जना संक्रमित हुँदा ९ हजार २६ जनाको मृत्यु भएको छ । टर्कीमा १ लाख ९४ हजार ५११ संक्रमित हुँदा ५ हजार ६५ को ज्यान गएको छ । फ्रान्समा संक्रमित १ लाख ६२ हजार ९३६ हुँदा २९ हजार ७७८ जनाको मृत्यु भएको छ । बंगलादेशमा हालसम्म १ लाख ३० हजार ४७४ संक्रमित हुँदा १ हजार ६६१ को मृत्यु भएको छ ।

स्पेनमा संक्रमितको संख्या २ लाख ९४ हजार ९८५ पुगेको छ भने २८ हजार ३३८ जनाको मृत्यु भएको छ । पेरुमा २ लाख ७२ हजार ३६४ जना संक्रमित हुँदा ८ हजार ९३९ जनाको मृत्यु भएको छ । चिलीमा २ लाख ६३ हजार ३६० संक्रमित हुँदा ५ हजार ५८ जनाको मृत्यु भएको छ । यता, इटालीमा संक्रमितको संख्या २ लाख ३९ हजार ९६१ पुग्दा ३४ हजार ७०८ जनाको मृत्यु भएको छ । इरानमा २ लाख १७ हजार ७२४ जना संक्रमित हँदा १० हजार २३९ जनाको मृत्यु भएको छ । मेक्सिकोमा २ लाख ८ हजार ३९२ जना संक्रमित हुँदा २५ हजार ७७९ को मृत्यु भएको छ ।

साभार:  नेपालिपैसा

 

Namastekhabar

Namaste Khabar is a top-rated online news information portal that delivers information about braking news, stock market, health, science, etc.

Leave a Reply

Your email address will not be published. Required fields are marked *