हाम्रो बारेमा

Namaste Khabar is a top-rated online news information portal that delivers information about braking news, stock market, health, science, etc.

सेञ्चुरी बैंकले अन्तरिम लाभांश बाँड्न शुरु गर्यो

सेञ्चुरी बैंकले अन्तरिम लाभांश बाँड्न शुरु गर्‍यो:सेञ्चुरी बैंकले अन्तरिम लाभांश वितरण गर्न शुरु गरेको छ ।  बैंकले शेयरधनीहरुलाई लकडाउनको समयमा राहत पुर्‍याउने उदेश्यले प्रस्तावित नगद लाभांशमध्यबाट ३ प्रतिशत अन्तरिम लाभांश वितरण गरेको हो । कम्पनीले गत बिहीवार अन्तरिम लाभांश दिने घोषणा गरेको थियो । उक्त लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको छ । आफ्नो लाभांश सुरक्षित गर्न भौतिक शेयरहरुलाई अभौतिकीकरण गर्न र हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउनसमेत  उक्त कम्पनीले भनेको छ ।

आर्थिक वर्ष २०७५/ ७६ को मुनाफाबाट प्रस्ताव गरेको ४ दशमलव ७५ प्रतिशत नगद लाभांश मध्यबाट ३ प्रतिशत अन्तरिम लाभांश गत फागुन ३० गतेसम्म कायम शेयरधनीहरुलाई कर कट्टी गरी वितरण गर्न शुरु गरिएको  उक्त कम्पनीले सूचनामार्फत जानकारी  दिएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ८ अर्ब ४१ करोड ५४ लाख ७२ हजार रहेको छ । सोहि पूँजीको आधारमा उक्त कम्पनीले लाभांश दिएको हो । अन्तरिम लाभांश पछिको बाँकी नगद लाभांश र बोनस शेयर भने आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिने समेत उक्त कम्पनीले सूचना मार्फत जानकारी दिएको छ । कम्पनीको गत आर्थिक वर्षको वार्षिक साधारण सभा लकडाउनका लागि स्थगित भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट नगद लाभांशसहित २ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको छ ।

अभियानदेली

यो पनि पढ्नुहोस्

अब मोटरसाइकलमा पनि जोर विजोर लागू यसअघि जारी सबै पास रद्द :सरकारले काठमाडौं उपत्यकामा यसअघि जारी गरिएका सबै सवारी पास रद्द गरेको छ । गृहमन्त्रालयले यात्राका लागि सवारी साधनको जोर विजोर प्रणाली पूर्णपालना गर्न पनि पुनः सम्झाएको छ । अब जोर दिनमा अन्तिमको अंक जोर र विजोर दिनमा अन्तिमको अंक विजोर नम्बर भएका सवारी साधनहरु मात्र चल्न पाउने छन् । यो नियम कार्यान्वयनमा कडाई गरिनेछ ।

यस्तै, अबदेखि मोटरसाइकल लगायत दुई पांग्रे सवारीमा पनि जोर विजोर प्रणाली लागू गरिएको छ । मोटरसाइकलमा एक जना मात्रै सवार हुन पाइने गृह मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकाबाट बाहिर जान वा अन्य जिल्लाबाट काठमाडौं आउनका लागि जारी गरिएका अन्तर जिल्ला जाने छोटो अवधिका पासहरु भने यथावत रहने गृह मन्त्रालयको भनाई छ ।

साभार: नेपालिपैसा

Leave a Reply

Your email address will not be published. Required fields are marked *