सेञ्चुरी बैंकले ३ % अन्तरिम लाभांश वितरण गर्ने अरु सभा पछी

सेञ्चुरी बैंकले ३ % अन्तरिम लाभांश वितरण गर्ने अरु सभा पछी: सेञ्चुरी बैंकले प्रस्तावित ४ दशमलव ७५ प्रतिशत नगद लाभांश मध्यबाट ३ प्रतिशत अन्तरिम लाभांश वितरण गर्ने भएको छ । उक्त कम्पनीले गत चैत १४ गतेका लागि नवौं वार्षिक साधारण सभा बोलाएको थियो । लकडाउनका कारण अर्को सूचना नभएसम्मका लागि सभा भने स्थगित भएको छ । उक्त सभा प्रयोजनका लागि उक्त कम्पनीले फागुन ३० गते बुक क्लोज गरेको छ ।

कम्पनीले बिहीवार सूचना जारी गरि लकडाउनका कारण वार्षिक साधारण सभा गर्न नसकेको अवस्थामा शेयरधनीहरुलाई राहत प्रदान गर्ने उदेश्यले अन्तरिम लाभांश वितरण गर्न लागेको बताएको छ । यो लाभांश फागुन ३० गतेभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीहरुले मात्र पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्ष २०७५/ ७६ को मुनाफाबाट नगद लाभांशसहित २ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको छ । अन्तरिम लाभांश पछिको बाँकी नगद लाभांश र बोनस शेयर भने आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिने समेत  उक्त कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।

साभार: अभियानदेली

Namastekhabar

Namaste Khabar is a top-rated online news information portal that delivers information about braking news, stock market, health, science, etc.

Leave a Reply

Your email address will not be published. Required fields are marked *