भोकले ज्यानै लिनेभो भन्दै प्रदर्शनमा उत्रिए ट्याक्सी व्यवसायी

भोकले ज्यानै लिनेभो भन्दै प्रदर्शनमा उत्रिए ट्याक्सी व्यवसायी: लामो समयदेखि ट्याक्सी चलाउन नपाएपछि काठमाडौंका ट्याक्सी चालक तथा व्यवसायीहरुले प्रदर्शन गरेका छन् । सरकारले आंशिकरूपमा खुलाइएको लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । आंशिकरूपमा लकडाउन खुलाइए पनि सार्वजनिक यातायातका साधन चलाउन भने रोक लगाइएको छ ।

उनीहरुले बिहानै नयाँबानेश्वर–तीनकुने सडकखण्डको किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित शान्तिपूर्ण रुपमा प्रदर्शन गरिरहेका छन् । उनीहरुले यातायात ब्यवस्था विभागको कार्यालयमा १० बजेपछि मागपत्र बुझाउने तयारी समेत गरेका छन् । ट्याक्सी चालक तथा व्यवसायीहरुले ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार, कि हामीलाई गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदेउ’, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

आर्थिकन्युज

यो पनि पढ्नुहोस्

गण्डकी र मेगा को असार २१ बाट एकीकृत कारोबार: मेगा बैंकले गण्डकी विकास बैंकलाई एक्वायर गरेर असार २१ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । यता, एकीकृत कारोबारका लागि एउटै सफ्टवेयरबाट व्यवस्थापन मिलाउनुपर्ने भएकाले दुवै बैंकको असार १९ र २० गते एटीएम, एसएमएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ लगायतका सम्पूर्ण बैंकिङ सेवाहरु बन्द रहने छ । एक्विजिसन प्रक्रियाका कारण गण्डकीको असोज ९ गतेबाट सेयर कारोबार रोक्का छ ।

दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १० गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १४ गते अन्तिम स्वीकृति दिइसकेका छन् । दुवै एक भएपछि अब मेगा बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । दुवै बैंकको जेठ २१ गते सम्पन्न विशेष साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए । सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः१ सेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई सभाले अन्तिम स्वीकृति दिएको छ । यसर्थ, गण्डकीको १०० सय कित्ता सेयर हुनेले अब मेगाको नाममा पनि १०० कित्ता नै सेयर पाउनेछन् ।

गण्डकीलाई प्राप्ति गरेपछि मेगाको चुक्ता पुँजी १३ अर्ब १३ करोड हुनेछ । त्यस्तै, निक्षेप १ खर्ब २५ अर्ब र कर्जा १ खर्ब ९ अर्ब भन्दा बढी हुनेछ । यसैगरी, मेगा बैंकको ग्राहक संख्या करिब ११ लाख हुनेछ भने शाखा संख्या २०६ वटा, एक्सटेन्सन काउन्टर ३० वटा, एटीएम १४२ वटा हुनेछन् ।

साभार: नेपालिपैसा

Namastekhabar

Namaste Khabar is a top-rated online news information portal that delivers information about braking news, stock market, health, science, etc.

Leave a Reply

Your email address will not be published. Required fields are marked *