नेपाल टेलिकमको नाफा ७ अर्ब ५६ करोड ५५ लाखभन्दा बढी

नेपाल टेलिकमको नाफा ७ अर्ब ५६ करोड ५५ लाखभन्दा बढी: नेपाल दुरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले चालू आर्थिक वर्षको नौ महीनासम्ममा रू. ७ अर्ब ५६ करोड ५५ लाखभन्दा बढी खुद नाफा गरेको छ ।

गत वर्षभन्दा यस वर्ष कुल आम्दानीमा २ दशमलव ४३ प्रतिशत कमि आएपछि कम्पनीको नाफा पनि कम भएको हो । गत वर्ष तेस्रो त्रैमाससम्म रू. २७ अर्ब ५० करोड ६० लाख ७५ हजार कुल आम्दानी गरेको उक्त कम्पनीले यस वर्ष रू. २६ अर्ब ८३ करोड ६६ लाखमात्र आम्दानी गरेको छ ।

धितोपत्र बजारमा अन्य समुह शिर्षकमा उक्त कम्पनी सूचीकृत रहेको छ । हाल उक्त कम्पनीको चुक्तापूँजी रू. १५ अर्ब छ । जगेडाकोष रकम भने गत वर्षभन्दा यस वर्ष ४ दशमलव १४ प्रतिशत बढी कायम भएको छ ।

कम्पनीको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यो नाफा गत वर्ष यसै अवधिसम्म रू. ७ अर्ब ९० करोड ६७ लाखभन्दा बढी थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा ४ प्रतिशत कम भएको हो ।

गत वर्ष यस अवधिसम्म रू. ७३ अर्ब ९१ करोड १४ लाख ८१ हजार रहेको उक्त कम्पनीको जगेडाकोष रकम यो वर्ष रू. ७६ अर्ब ९७ करोड ५० लाख ६८ हजार पुगेको छ । उक्त कम्पनीको कुल सम्पत्ति रू. १ खर्ब ४४ अर्ब ९३ करोड ३० लाख ३९ हजार रहेको छ ।

तेस्रो त्रैमाससम्ममा  उक्त कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ६१३ दशमलव १७ छ । गत वर्ष यस अवधिसम्म यो मूल्य रू. ६६२ दशमलव १९ थियो । उक्त कम्पनीको रू. १५ अर्बको सूचीकृत शेयरको बजार पूँजीकरण रू. ८८ अर्ब ५ करोड बराबर रहेको छ ।

यो पनि पढ्नुहोस्

ब्राजिल भएर अमेरिका प्रवेश गर्न प्रतिबन्ध: संयुक्त राज्य अमेरिकाले ब्राजिल भएर यात्रा गर्ने अमेरिका बाहेकका कुनै पनि देशका नारिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको जनाएको छ ।

अमेरिकामा कोभिड १९ को प्रकोप रोक्नका लागि अमेरिकाले यो नीति अख्तियार गरेको जानकारी दिइएको छ । अमेरिकाले नागरिकहरूलाई आफ्नो देश छिर्न प्रतिबन्ध लगाएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका एक प्रवक्ताले जनाएका छन् ।

अमेरिकाको यो यात्रा प्रतिबन्धको नीतिबमोजिम पछिल्ला १४ दिनमा ब्राजिल पुगेका या पछिल्लो १४ दिनयता ब्राजिल भएर यात्रा गरेका नागरिकलाई अबदेखि अमेरिका प्रवेश गर्न दिइने छैन ।

यो प्रतिबन्धले अमेरिकी नागरिकहरुका साथै उनीहरूका परिवार, कानुनी संरक्षक, अमेरिकी नागरिकका सन्तान वा कानुनी रूपमा स्थायी आवासीय अनुमति भएका र २१ वर्ष मुनिका उनीहरुका दाजुभाइ एवं दिदीबहिनीहरूलाई भने रोक्नेछैन ।

अत्यावश्यक भएर अमेरिका प्रवेश गर्नेहरुलाई पनि स्वास्थ्यका तोकिएका मापदण्डहरु पूरा गर्नुपर्ने भएको बताइएको छ ।

दक्षिण अमेरिकी देश ब्राजिलमा साढे तीन लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । यो देश संक्रमणको हिसाबले विश्वको दोस्रो ठूलो केन्द्र बन्न पुगेको बताइएको छ । ब्राजिलमा २२ हजार भन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् । यस्तो प्रतिबन्धलाई अमेरिकामा नयाँ संक्रमण भित्रिन नदिनका लागि गरिएको प्रयासका रुपमा मात्र लिनुपर्ने अमेरिकाले बताएको छ ।

ह्वाइट हाउसकी प्रवक्ता कालेह म्याकन्यानीले आइतबार एक विज्ञप्ति प्रकाशन गरी सो कुराको जानकारी दिए । हालैको यो नयाँ प्रतिबन्धले दुई देशबीचको व्यापारमा भने असर नगर्ने पनि ह्वाइट हाउसका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

साभार: अभियानदेली

Namastekhabar

Namaste Khabar is a top-rated online news information portal that delivers information about braking news, stock market, health, science, etc.

Leave a Reply

Your email address will not be published. Required fields are marked *