आमासँग फिल्महल “आमा” हेर्न पुग्दा निशुल्क

आमासँग फिल्महल आमा हेर्न पुग्दा निशुल्क: भोली शुक्रबारदेखि “आमा” फिल्म देशभरबाट एकसाथ प्रदर्शनमा आउँदैछ । प्रदर्शनको अघिल्लो दिन निर्माण युनिटले  नयाँ घोषणा सार्वजनिक गरेको छ । घोषणा अनुसार काठमाडौं का केही चलचित्र घरमा आफ्नो आमासँग फिल्म ‘आमा’ हेर्न पुग्दा निःशुल्क हेर्न पाउने व्यवस्था गरिएको छ ।

निर्माण युनिटले काठमाडौं को जय नेपाल हलमा पौने १२ बजे, क्यूज हलमा १ बजे र कुमारी हलमा बिहान साढे ८ बजेको शोमा ‘आमा’ लिएर पुग्दा निःशुल्क फिल्म हेर्न पाउने पाइने घोषणा गरेको हो ।

एक दिन आफ्नी आमासँग’ भन्ने भावका साथ हामीले यो घोषणा गरेका हौं निर्देशक दीपेन्द्र के खनाल भने हलहरुमा यी शोहरु परिवर्तन नभएसम्मलाई यो योजना लागु हुनेछ । पशुपति प्रसाद जस्तो सुपरहिट फिल्म निर्देशन गरेका दीपेन्द्रले ‘आमा’त्यो भन्दा पनि राम्रो भएको दाबी गर्दै आएका छन् । दीपेन्द्र के खनाल निर्देशित यो फिल्ममा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल लगायतका कलाकारको मुख्य भूमिका छ ।  शर्मिला पाण्डेको निर्माण रहेको फिल्म दीपेन्द्रको महत्वकांक्षी फिल्म पनि हो ।

साभार: रातोपाती

Namastekhabar

Namaste Khabar is a top-rated online news information portal that delivers information about braking news, stock market, health, science, etc.

Leave a Reply

Your email address will not be published. Required fields are marked *