हाम्रो बारेमा

Namaste Khabar is a top-rated online news information portal that delivers information about braking news, stock market, health, science, etc.

टिभिएस अपाचे द्वारा पुरस्कृत पीपीएलका खेलाडी

नेपालको फ्रेन्चाइज क्रिकेट प्रतियोगिताहरु एक सर्वाधिक रहेको प्रतियोगिता पीपीएल पुरा भएको छ । नेपालभित्र खेलाइने यो प्रतियोगिताहरुलाई चलाउने उद्देश्य जगदम्बा मोटर्स प्रा.लि.ले लिंदै आएको छ ।

सोही उद्देश्य अनुसार क्वीन्स इभेन्टको आयोजना भएको पीपीएलमा पनि टिभिएस अपाचेको र जगदम्बा मोटर्स प्रालि मिसिएको थियो । प्रतियोगिताको एक महत्वपूर्ण प्रायोजक रहेको टिभिएस अपाचेले प्रतियोगिताका सर्वश्रेष्ठ खेलाडीहरुलाई टिभिएस अपाचे बाइकद्वारा पुरस्कृत गर्ने सुचित गरे का अनुसार प्रतियोगितामा उत्कृष्ट साबित भएका ३ जना क्रिकेटरलाई पुरस्कार दिने ब्यबस्था गरिएको छ ।

कम्पनीका उपाध्यक्ष दीपक अग्रवाल आफै उपस्थितिबीच पुरस्कारका बाइकहरु सर्वश्रेष्ठ खेलाडीलाई दिने गरिएको थियो । त्येसअनुसार प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल, म्यान अफ दी सिरिज रोहन मुस्तफा र उत्कृष्ट बलर करण केसी प्रत्येकले १–१ वटा टिभिएस अपाचे आरटीआर २०० ४भी अपाचे १६० २भी प्राप्त गरेकाछन् ।

अब्बल खेलाडीलाई पुरस्कार दिएपछि जगदम्बा मोटर्स प्रालिका उपाध्यक्ष दीपक अग्रवालले भने, ‘संचिकै खेलाडीहरु आफ्नो उत्कृष्ट प्रदर्शनीबाट नै अरुमझ परिचितहुने  गर्दछन् । त्यस्तै टिभिएस अपाचे पनि आफ्नो विश्वविख्यात प्रविधिको कारण अरुहरुमाझ चिनिदै आएको छ । पीपीएलका अब्बल खेलाडीहरुलाई तथा विजेता टिमलाई बधाई प्रदान गर्दै आउने समयमा पनि यस्तै सफलताको कामना गर्दछु ।’

पोखरामा पुरा भएको पीपीएल प्रतियोगिताको दोस्रो खेल टिभिएस अपाचे बाइक पावर्डतर्फको रहेको थियो ।

 

साभारः लोकंतर

Leave a Reply

Your email address will not be published. Required fields are marked *