दशककै ब्लकबस्टर फिल्म ‘दंगल’

सन् दुई हजार को दितीय दशक बलिउडका लागि खुसिपूर्ण बन्न गयो। स्टारडम भन्दा पनि यो दशकमा बलिउडमा कथाले महत्वपूर्ण भूमिका खेलेको छ ।

यो दशकको ब्लकबस्टर चलचित्र बलिउडको कुन बन्यो होला ? यो दशकमा पनि बलिउडले चार सय करोड क्लबलाई छुन सकेन । यो दशकमा बलिउडमा दुई सय र तिन सय करोडको सुरुवात भैसक्यो।

सन् २०१६ मा रिलिज भएको चलचित्र इन्डियामा मात्र नभएर, विश्वमै अत्यधिक कमाई गर्ने बलिउड फिल्मको रुपमा ‘दंगल’ बनेको छ ।

यो चलचित्रले भारतीय बक्स अफिसमा तिन सय सतासी करोडको कमाई गर्यो | कमाइ मात्र होइन,फिल्म दर्शकले अत्यधिक मनपराए । फिल्मले पहिलो दिनउन्तिस करोडको कमाई गरेको थियो । चलचित्र सन् २०१६ को क्रिसमसमा प्रदर्शन भएको थियो ।

फिल्म चीनमा पनि प्रदर्शन भएपछि कमाई करिब २ हजार करोड नजिक पुगेको थियो । कुस्ती खेलको कथामा तयार भएको यो फिल्म आमिर खान र उनका छोरीहरुको कथालाई पर्दामा देखाइएको थियो ।

हुनत साउथको चलचित्र ‘बाहुवली दुइले इन्दिएंन बक्स अफिसमा चमत्कार नै गरेको थियो । तर, बलिउड फिल्मको रुपमा ‘दंगल’ दशककै ब्लकबस्टर भयो ।

साभारः अनलाइनखबर

Namastekhabar

Namaste Khabar is a top-rated online news information portal that delivers information about braking news, stock market, health, science, etc.

Leave a Reply

Your email address will not be published. Required fields are marked *