लामखुट्टे पादेर मार्ने अच्चम जागिर

लामखुट्टे पादेर मार्ने अच्चम जागिर
लामखुट्टे पादेर मार्ने अच्चम जागिर

शिर्षक पढेरै अनौठो लागेको होला | लामखुट्टे पादेर मार्ने अच्चम जागिर, तर यो सत्य हो । युगाण्डाका एक ब्यक्तिको जागीर नै पाद्ने हो । अफ्रिकाको युगाण्डामा बस्दै आएका ४८ वर्षीय वामिरामाको पादमा रहेको विषाक्त तत्वले लामखुट्टे मरेपछि उनले पाद्ने जागीर पाएका छन । वैज्ञानिकहरुले उनको पादमा पाइएको रसायनबारे अनुसन्धान सुरु गरेका छन् । ती व्यक्तिले पादेपछि त्यसको असर ६ मिटरसम्म फैलिने गरेको छ ।

द मिररका अनुसार ति व्यक्तिले आफ्नो पादको शक्तिबाट लामो समयदेखि स-साना किराहरु मार्दै आएका छन । पादको विष फैलिएको ठाउँमा लामखुट्टे लगायत अरु पनि स-साना किराहरु मर्ने गरेका छन् । पादले लामखुट्टे मरेपछि एक कम्पनीले उनको पाद संकलन गर्दै आएको छ । उनी जागिरेका रुपमा कोठामा जाने र पाद्‍ने गर्छन् । कम्पनीले पादबाट नयाँ किटनाषक औषधि बनाउने विषयमा अध्ययन गरिरहेको छ । अरु पनि  वैज्ञानिकहरु ले समेत पादको अध्ययनका लागि पैसा दिएर लागेका छन् । पादका कारण युगाण्डाका ति व्यक्तिले आफ्नो गाउँलाई मलेरिया मुक्त बनाइ सकेका छन् ।

सामान्य खानेकुरा खाने गरेका वामिरामा दैनिक रुपमा नुहाउने गर्दछन । यद्यपी उनको पादको प्रभाव भने हरेक दिन कायम रहँदै आएको छ ।

साभारः अनलाइनखबर

Namastekhabar

Namaste Khabar is a top-rated online news information portal that delivers information about braking news, stock market, health, science, etc.

Leave a Reply

Your email address will not be published. Required fields are marked *