एन्ड्रोइड फोनको तुलनामा आइफोन असुरक्षित

एप्पलको आइफोनको प्रयोगकर्ताहरु का लागि दुखद खबर । हालै प्रकाशित एक रिपोर्ट अनुसार अन्य कम्पनीको  स्मार्टफोनहरूको तुलनामा आइफोन साइबर सुरक्षाको दृष्टिकोणबाट एन्ड्रोइड फोनको तुलनामा आइफोन असुरक्षित भएको पाइएको छ ।

एन्ड्रोइड स्मार्टफोनको तुलनामा आइफोन ह्याक हुने जोखिम १ सय ६७ गुणा अत्यधिक रहेको छ ।

स्मार्टफोनको कबर बनाउने बिदेशी कम्पनी केस डट ट्वान्टीफोरले गरेको अध्ययनले आम धारणाविपरीत आइफोन ज्यादै असुरक्षित रहेको देखाएको हो । बेलायती प्रयोगकर्ताले गर्ने गुगल सर्चको मासिक सर्च भोल्यूम डाटा संकलनपश्चात् गरिएको विश्लेषणका आधारमा कम्पनीले रिपोर्ट तयार गरेको हो । प्रयोगकर्ताले स्मार्टफोन ब्राण्ड तथा कुनै एपलाई ह्याक गर्न कसरी सकिन्छ भन्ने बारेमा गुगलमा गरेका सर्चको तथ्यांकलाई कम्पनीका शोधकर्ताहरूले अध्ययनको आधार बनाएका थिए ।

एक रिपोर्ट अनुसार १० हजार ४० जना प्रयोगकर्ताले एप्पल फोन कसरी ह्याक गर्ने ? भन्ने कुरा गुगलमा खोजी गरेका थिए । जस अनुसार एन्ड्रोइड फोनको तुलनामा आइफोन असुरक्षित मानिएको हो |

त्यस्तै सामसुङका स्मार्टफोन ह्याक कसरी गर्ने ? भन्ने कुराको खोजी गर्नेको संख्या चाहीँ जम्मा ७ सय मात्रै थियो ।

एलजी, सोनी र नोकिया ह्याक कसरी गर्न सकिन्छ ? भन्ने उपाय खोज्नेहरूको संख्याचाहिँ सबैभन्दा कम पाइयो । यीमध्ये पनि सोनी कम्पनीका स्मार्टफोन ह्याक गर्ने उपाय खोजी गर्नेको मासिक संख्या ५० भन्दा पनि कम रहेको पाइयो ।

इन्स्टाग्रामलाई सर्वाधिक जोखिम

सोसल मिडिया सबैभन्दा धेरै ह्याकरहरूको तारो बनेको पाइएको छ । एक अध्ययन अनुसार १३ हजार ३१० प्रयोगकर्ताको  इन्स्टाग्राम अकाउन्ट ह्याक गर्ने भन्ने तरिकाका बारेमा गुगलमा खोजी गरेको पाइएको छ।

अधिक  ह्याकरले ह्याक गर्न चाहने एपको दितीय स्थानअन्तर्गत स्नापच्याट सामाजिक संजाल रहेको पाइन्छ भने तिर्तीय स्थानमा ह्वाट्सएप सामाजिक संजाल रहेको छ ।

येस्तई  कम जोखिम भएका अन्य सामाजिक संजाल एपहरूमा फेसबुक, अमेजन अनि नेटफ्लिक्स रहेका पाइन्छ । फेसबुकजस्तो सामाजिक संजाल ह्याक गर्ने उपायको बारेमा १ हजार १ सय २० जनाले गुगलमा खोजी गरेको पाइन्छ भने सामाजिक संजाल अमेजनका बारेमा १ हजार ७० जनाले खोजी गरेको पाइएकोछ ।

शोधकर्ताहरूका अनुसार नेटफ्लिक्सको दाजोमा सामाजिक संजाल इन्स्टाग्राम अकाउन्ट ह्याक हुन सक्ने सम्भावना १६ गुणाले बढेको पाइन्छ |

 

साभार : अनलाइन खबर

Namastekhabar

Namaste Khabar is a top-rated online news information portal that delivers information about braking news, stock market, health, science, etc.

Leave a Reply

Your email address will not be published. Required fields are marked *