एसिड आक्रमणमा परेकी दीपिका पादुकोण ‘छपाक’:

एसिड आक्रमणमा परेकी दीपिका पादुकोण ‘छपाक’:
एसिड आक्रमणमा परेकी दीपिका पादुकोण ‘छपाक’:

सन् २००५ मा नयाँ दिल्लीको सडकमा एसिड आक्रामणमा परेकी माल्ती नाम गरेकी एक यूवतीको कथामा तयार भएको चलचित्र ‘छपाक’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रमा माल्तीको भूमिकामा नायिका दीपिका पादुकोणले अभिनय गरेकी छिन् । एसिड आक्रमणमा परेकी दीपिका पादुकोण परेकी यूवतीको भूमिकामा देखाइएको छ ।

मेग्ना गुल्जारको निर्देशनमा तयार भएको यो चलचित्रलाई फक्स स्टार स्टूडियो, दीपिका पादुकोण, गोविन्द सिंह सन्धु र मेग्ना गुल्जारले निर्माण गरेका हुन् । अतिका चोहान र मेग्ना गुल्जारको लेखनमा तयार भएको यो चलचित्र सन् २०२० को जनवरी १० मा रिलिज हुँदैछ ।

भारतमा मात्र नभएर अहिले अन्य देश तथा नेपालमा पनि एसिड आक्रमणको घटना बढेको छ । यस चलचित्रले समाजमा सचेतना बढाउने अपेक्षा गरिएको छ ।

साभार : अनलाइनखबर.कम

 

यो पनि पढ्नुस

फेरि मार्छ की भन्ने चिन्ता थियो अब ढुक्क भएँ: संगीता

आफूलाई एसिड प्रहार युवक पक्राउ परेपछि अहिले संगीता खुसी संगसंगै आक्रोशित भएकि छिन् । २४ दिनपहिले एसिड आक्रमणमा परेर घाईते भएर राजधानीको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा उपचाररत संगीता मगरले आफूमाथि एसिड फाल्ने युवक पक्राउ परेपछि आवेग आएकी हुन् ।

उनी भनिन् मलाई त परीक्षाहलाट निस्केर त्यो अपराधीलाई पनि तेजाब नै छ्यापेर मैले जस्तो पिडा पाएकि छु त्यस्तै पीडा दिन मन लाग्यो । जीवनलाई एसिड फाल्न अधिकार दिन संगीताले आग्रह समेत गरिन् ।

उनले आफ्नो जीवन वर्वाद पार्ने अभियुक्तलाई कडा सजाय दिन माग गरेकी छिन् । फेरि एसिड फालेर मार्छ की भन्ने चिन्ता थियो, प्रहरी अंकलले त्यसलाई पक्राउ गर्नुभो, अब ढुक्क भएँ, त्रासबाट मुक्त भएँ,उनले भनिन् ।

संगीताले आफ्नो आक्रमणकारीसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारिन् । अर्की घाईते सीमा बस्नेतले पनि पक्राउ परेको खबर सुनेर ढुक्क भएको बताईन् । ‘मनमा डर थियो, फेरि कतिबेला आउँछ भन्ने, त्यसलाई प्रहरी अंकलले समात्नुभयो, अब ढुक्क छु ।

एसिड फाल्ने अभियुक्त जीवन विकलाई आइतबार प्रहरीले अदालतमा बुझाउने भएको छ । काठमाडौं जिल्ला अदालतमा उनलाई म्याद थपका लागि उपस्थित गराइने महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी पुस्कर कार्कीले बताउनुभयो ।

साभार : नेपालकानुन.कम

 

Namastekhabar

Namaste Khabar is a top-rated online news information portal that delivers information about braking news, stock market, health, science, etc.

Leave a Reply

Your email address will not be published. Required fields are marked *