काठमाडौं : १३ औँ दक्षिण एशियाली खेलकुद (साग)मा ब्यापक भ्रष्टाचार भएको काग्रेश भात्री संगठन तरुण दलले ठोकुवा गरेको छ |
तरुण दलले एक बिज्ञप्ति जारि गर्दै सागमा खेलकुदमा खेलाडी र प्रशिक्षकको सेवा सुविधामा भ्रष्टाचार गरेको आरोप लगाउँदै छानविन गर्न माग गरेको हो। साथै खेलकुदमन्त्रीलाई बर्खास्त गर्न समेत तरुण दलले माग गरेको छ।
‘साग खेलकुदको टिकट बेच्ने जिम्मा (बिना टेण्डर) गरेको ईसेवाले टिकट विक्रि वितरणमा ठगी धन्दा सञ्चालन गरेको ‘खेलाडीका प्रशिक्षकलाई कम भत्ता दिनु, अन्तराष्ट्रिय स्तरको खेलकुदमा जित्ने खेलाडीलाई पुरानो साइकलबाट प्रतिस्पर्धामा भाग लिन बाध्य पार्नुलाई ध्यान नदिई दौरा सुरुवाल खरिद गर्नतिर ध्यान दिनु लज्जास्पद हो।’ तरुणले भनेको छ
यस्तो छ विज्ञप्ति






