घुस लिएको भिडियो टिभीमा, लिने व्यक्ती चर्का चर्की गर्दै लाईभमा । घुसको पैसा यसरी बाढ्छ प्रहरी !- ““सिधा कुरा जनतासँग भाग- २११” ” अब युटुबमा अब युटुबमा हेर्नुहोस ( शेयर गर्न नभुल्नुहोला)

सरकारले केही गर्न नसकेको भन्दै गोरखा सुलिकोट गाउँपालिका कर्मचारीले यसरी लिए घुस

गोरखाको सुलिकोट गाउँपालिकामा नवजात शिशु र आमाका लागि सरकारले व्यवस्था गरेको न्यानो व्यागमा भ्रष्टचार भएको छ ।
नवजात शिशु र आमाको लागि आवश्यक ११ थरी कपडा भएको झोला खरीद गर्न सरकराले प्रति झोला १ हजार रुपैयाँका दरले बजेट गाँउमा पठाएको थियो ।

तर सुलिकोट गाँउपालिकाले प्रति व्याग सबै कर जोडेर ८ सय ९५ रुपैयाँ उपलब्ध गराउने कोटेशन माग ग¥यो । सोही अनुसार काठमाडौको सितापाइला स्थीत माउन्टेन यति नामक कम्पनीले २ लाख ८७ हजारमा २ सय ९ ओट व्याग उपलब्ध गरायो पनि ।

तर जब भुक्तानीको सयम भयो सुलिकोट गाँउपालिका का स्वास्थ्य विभागका कर्मचारी सत्यनारायण डगेरीयाले बार्गेेनिङ गर्न सुरु गरे ।
उनले टेण्डर बाहेक विना रसिद प्रती व्याग ९५ रुपैयाँ थप रकम दिनु पर्ने अडान राखे ।

यसपछि माउन्टेन यति कम्पनीका सञ्चालक अमृता ढकालले हामीलाइ सम्पर्क गरीन र हाम्रो टिम पैसा लिएर गोरखा बजार पुग्यौ । उनले गोरखा स्थीत सम्झना होटल एण्ड खाजा घरमा बोलाए । र रसीद दिन नमिल्ने बताए ।

यति गरेपछि मात्रै उनले भुक्तानी हुन बाँकी १ लाख ८७ हजार रुपैयाँको चेक दिए । उनि यो पैसा लेखापाललाई २/३ हजार र अडिटरलाइ ७/८ हजार जाने बताउँछन् । साथै जिल्ला जनस्वास्थ्यबाट आउदानै २०÷२५ प्रतिशत खाएर आएको उति बताउँछन् । अझ उनी भन्छन् सरकारले केही गरिदिए त आँफुहरुले घुस खानु पर्दैन थियो ।

वीरगञ्ज भन्सारमा उठेको पैसा यसरी बांड्छ प्रहरीले

यसरी खुद्रा पैसा गनिरहेको दृश्य कुनै मन्दीरको भेटी होइन । यो त वीरगंज भन्सारमा नाका सुरक्षार्थ खटीएका इर्नवा प्रहरी चौकी भित्र प्रहरी जवान र हवल्दारले पोके व्यापारीसँग लिएको अवैध पैसा गन्दै गरेको दृश्य हो ।

उनीहरुले दिनभर संकलन भएको पैसाको हिसाब गरीरहेका छन् । हिसाव भएपछि जम्म उठेको रकम चौकी ईन्चार्जसहित सबलाई बाँडिन्छ ।
देशकै प्रमुख भन्सार नाकामा दैनिक रपमा यसरी पैशा उठाईन्छ । हामी वीरगञ्ज ब्युरोको सहयोगमा भन्सारमा हुने राजश्व छली र भ्रष्टाचारका विषयमा रिपोर्टिङ गर्दै आएका छौँ ।

भन्सारमा हुने तस्करी र लेनदेनको विषयमा रिपोर्टिङ गर्दा कयौ पटक हाम्रो टिमलाई पैसा लिने प्रयास भए ।

आयुर्वेद चिकित्सालयका निमित्त निर्देशक डा. यादव ३७ हजार घुससहित रंगेहात पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगले केन्द्रीय आयुर्वेद चिकित्सालय नरदेवमा कार्यरत निमित्त निर्देशक डा. रामदेव यादवलाई ३७ हजार रुपैया घुससहित रङ्गेहात पक्राउ गरेको छ ।

आयुर्वेदीक हेल्थ असिस्टेनको ३ महिने कोर्ष गराउने अनुमती दिन ३७ हजार घुस लिँदै गर्दा पक्राउ गरीएको अख्तियारले जनाएको छ ।
उनले कार्यकक्षसँगै रहेको सरकारी निवासमा पैसा लिएका थिए ।

यस्तै अख्तियारले एक साता अघि ५ लाख घुस सही बुढानीलकण्ठ नगरपालीका कार्यकारी अधिकृत लिला अधिकारी र इञ्जीनियर विजेन्द्र श्रेष्ठ लाइ महारजगञ्जको पानिपोखरीमा पक्राउ गरेको थियो ।

अहिले उनीहरुलाइ अख्तियारको हिरासतमा राखेर अनुशन्धान भैरहेको छ ।

अघिल्लो सिधा कुरा जनतासँगको कार्यक्रम छुटाउनु भयो भने भिडियो हेर्नुहोस

Leave a Comment