विवाहकाे वहान बनाएर पाँच रात संगै सुतेका प्रेमी एकाएक गायभ भएपछि सुन्धारामा हंगामा –

विवाहकाे वहान बनाएर पाँच रात संगै सुतेका प्रेमी एकाएक गायभ भएपछि सुन्धारामा हंगामा –

काठमाडौं । विवाहकाे वहान बनाएर पाँच रात संगै सुतेका प्रेमी एकाएक गायभ भएपछि सुन्धारामा हंगामा मच्चियाे । रौतहटको विश्रामपुरका अशोक गुप्ता र विराटनगरकी शैली एउटै कम्पनीमा काम गर्थें । काम गर्दा गर्दै उनीहरूकाे सम्बन्ध निकट हुँदै गयाे ।

नजिक हुदै जाँदा उनीहरु एकअर्कालाई प्रेम गर्न थाले । सम्बन्ध यति नजिकियाे कि उनीहरु एकअर्कालाई छोड्न नसक्ने अवस्थाका भए । अन्तरजातीय सम्बन्धलाइ लिएर प्रेम निकै झाँगियाे । उनीहरूकाे सम्बन्धलाई परिवारले नमान्ने डर दुवैलाई थियो । कारण थियाे अन्तरजातीय ।

वाइफ्राण्ड अशाेकले याेजना बनाए । साताअघि ती प्रेममा धपक्क बलेकी युवतीलाई विवाह गर्ने बहाना बनाए र विवाह भन्दै अशोकले सुन्धाराको होटल एसियनमा बोलाए ।
युवतीले पनि घर परिवारलार्इ पछि बताउने साेचेर हताराेमा विहे गर्न काठमाडाै हानिइन । सुन्धाराकाे हाेटल एसियनमा छुटै अानन्द अायाे उनलार्इ । त्यहाँ ५ दिनसम्म उनीहरु सँगै बसे । वैशले मातिएकी युवतीकाे हुनुपर्ने सवै भयाे ।

५ दिनपछि अशोकले जाल बुने । त्याे जाल थियाे त्यहाँबाट भाग्ने । उनले युवतीबाट चाहेकाे कुरा सवै पुरा भएपछि एकाएक सम्पर्क बिहीन भए । हाेटलबाट फराहर भएका ती वाइफ्राण्ड लामाे समय वित्याे फर्केनन् । विहेकाे तयारी गर्न गए हाेलान भन्ने साेचिन तर अाएनन् ।

वाइफ्राण्ड नअाएपछि ती युवती छाँगाबाट खसेझैं भइन् । धपक्क बलेकी युवतीकाे एकाएक अनुहारमा कालाे धव्वा अायाे । लगत्तै, उनी महानगरीय प्रहरी वृत, जनसेवामा पुगेर उजुरी दिइन् ।
प्रहरी सामु सवै नालीवेली विस्तार गरिन । प्रहरीले अनुसन्धान थाल्याे र शनिबार प्रेमी भनिएका अशोकलाई प्रहरीले नियन्त्रणमा लियो । प्रहरीका अनुसार उनले बयानका क्रममा अन्तरजातीय सम्बन्ध भएका कारण आफूले विवाह गर्न नसक्ने भएकाले भागेकाे बताए ।

अन्तरजातीय सम्वन्धका कारण विहे नगरी स्वार्थ लिने ति युवा अहिले मजासंग प्रहरी खाेरमा हावा लिइरहेका छन् ।

Leave a Comment